काठमाडौं - अमेरिकाले अमेरिकी सहयोग परियोजना (एमसिसी) अघि बढाउन नेपाल सरकारलाई समयसीमा दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेख्दै एमसीसीले परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गरिसक्न समयसीमा दिएको हो । 

कार्यवाहक मुख्य कार्यकारी अधिकृत मोहमद बहले फेब्रुअरी ३ मा लेखेको पत्रमा परियोजना अनुमोदन नभए अर्को कदम चाल्न छलफल गर्ने उल्लेख छ । ‘डिसेम्बर १४ मा बसेको एमसिसी बोर्ड बैठकले नेपालमा एमसिसी सम्झौताको अवस्था र सेप्टेम्बरमा प्राप्त पत्रबारे रिभ्यू भयो। पत्रमा तपाईंहरूले एमसिसी अनुमोदन गर्न चाररपाँच महिनामा विभिन्न काम गर्ने भनेर गरेको प्रतिवद्धतालाई बैठकले नोटमा राखेको छ,’ पत्रमा भनिएको छ।

नेपाल सकारसँगको सहकार्यलाई महत्त्व दिँदै आगामी दिनमा पनि नेपाल र नेपाली जनताका लागि आर्थिक अवसरहरू सिर्जन गर्नका लागि सँगै काम गर्न इच्छुक रहेको एमसीसीले जनाएको छ ।