परराष्ट्र नदिएपछि अमरेशद्वारा उद्योग मन्त्री पद अस्वीकार
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 5
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेश कुमार सिंह आफूलाई दिइएको उद्योग, वाणिज्य एवं आपूर्ति मन्त्री पद अस्वीकार गरेका छन् । सिंहले आफू देश र जनताको सेवामा जनप्रतिनिधि एवं सामान्य नागरिकको रूपमा सधैं क्रियाशील रहने जानकारी गराएका छन् । उनले परराष्ट्र मन्त्रीमा दावी गरेका थिए । तर, प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र पार्टी सभापति रवि लामिछानेले उनलाई उद्योग मन्त्री बनाउने निर्णय गरेका थिए । अमरेश सिंहले सर्लाही–४ बाट नेपाली कांग्रेसका सभापति गगन थापालाई पराजित गरेका थिए । उद्योगमन्त्री अस्वीकार गरेको कुरा पत्रकार विजय पाण्डेले फेसबुकमा लेखेका थिए । सोही कुरा सिंहले समेत सेयर गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस