काठमाडौं - काठमाडौंको आकाशमा प्रदूषण फैलँदा त्रिभुवन विमानस्थलमा दुईघण्टादेखि उडान प्रभावित भएको छ । शुक्रबार बिहानैदेखी काठमाडौंको आकाशमा तुवाँलो फैलिएपछि  भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो । 

विमानस्थल कार्यालयका अनुसार काठमाडौंमा कम्तिमा आठवटा आन्तरिक विमान अवतरण हुनुपर्ने थियो भने सोही संख्यामा उडान भर्नुपर्ने थियो । सबैभन्दा धेरै भरतपुर जाने उडानहरु प्रभावित भएका छन् । 

तराईसहित विभिन्न स्थानका जंगलमा लागेको आगो र धुवाँ हावामा मिसिँदा वायुप्रदूषण बढेकोले अहिले काठमाडौंको आकाशमा यस्तो देखिएको मौसम विभागले जनाएको छ ।