काठमाडौं - नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई फुली लगाइदिएका हुन् ।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसअघि आईजीपी दीपक थापा ३० वर्षे सेवा अवधि पूरा भएपछि अनिवार्य अवकाशमा गएका थिए । त्यही व्यवस्थाअनुसार महानिरीक्षक खापुङ पनि अढाई महिनाभित्रै अवकाश हुनेछन्।