डाना कप : लुम्बिनी र पल्लवको टिम काष्ठमण्डप डेनमार्क प्रस्थान
काठमाडौं-युवा फुटबल प्रतियोगिता डाना कप खेल्न काष्ठमण्डप विद्यालय र लुम्बिनी फुटबल एकेडेमीको टोली आज डेनमार्क प्रस्थान गरेको छ ।
काष्ठमण्डले यु–१४ तथा लुम्बिनीले यु–१६ समूहमा प्रतिस्पर्धा गर्नेछन् । टोलीमा २० खेलाडी र तीन अफिसियल गरि २३ सदस्य छन् ।
काष्ठमण्डपको प्रशिक्षकमा सन्तोष न्यौपाने छन् भने लुम्बिनीको प्रशिक्षण जिम्मेवारी विजय महर्जनले सम्हाल्ने छन् ।
काष्ठमण्डपको टिम क्याप्टेन भने पल्लव दाहाल हुन् । उनको नेतृत्वको टोलीले डेनमार्कमा प्रतिष्पर्धा गर्ने भएको छ ।
युरोपियन फुटबल महासंघको मान्यता प्राप्त डाना कपमा यसमा ७० भन्दाबढी देशका १ हजार भन्दाबढी युवा टोलीले सहभागिता जनाउने बताइएको छ ।
विश्व युथ फुटबल कै प्रतिष्ठित मध्ये एक डाना कप सन् १९८२ देखि सुरु भएको हो र वार्षिक रुपमै निरन्तर जारी छ ।
फेसबुक पेज Like गर्नुहोस