एमाले महाधिवेशन : मतदान सुरु हुँदै, प्रतिनिधि लाइनमा
काठमाडौं - नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज बुधबार मतदान हुन लागेको छ ।
निर्वाचन समितिका अनुसार केहीबेरमै मतदान प्रक्रिया सुरु हुने छ भने महाधिवेशन प्रतिनिधिहरू मतदानका लागि लाइनमा बस्न थालिसकेका छन् ।
एमालेको नेतृत्व चयन विद्युतीय मतदान मेसिनमार्फत गरिँदै छ । निर्वाचन समितिका अनुसार सम्पूर्ण मतदान प्रक्रिया सम्पन्न हुन कम्तीमा ८ घण्टा लाग्ने अनुमान गरिएको छ ।
यसअघि मंगलबार नै मतदान हुने भनिए पनि प्राविधिक कारण र अत्यधिक जाडो बढेको भन्दै मतदान आज बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
महाधिवेशनका क्रममा मतदातालाई कुनै असुविधा नहोस् भनेर मतदानस्थलमै खाजा र खानाको व्यवस्था गरिएको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस