भारतीय विदेश सचिव मिस्री नेपाल आउँदै
खबर एक्सप्रेस
१९७०-०१-०१ ०५:३० मा प्रकाशित
Total Shares: 88
काठमाडौं - भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री आइतबार नेपाल भ्रमणमा आउने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले भदौ ३१ देखि दुई दिनसम्म भारतको भ्रमण गर्ने यसअघि नै अनौपचारिक रूपमा समाचार सार्वजनिक भइसकेको छ ।
प्रधानमन्त्री ओलीलाई औपचारिक निम्ता दिनका लागि भारतीय विदेश सचिव मिस्री नेपाल आउन लागेका स्रोतले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस