काठमाडौं,बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले उनको राजीनामा स्वीकृत गरेका हुन् ।

आज मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने कार्यतालिका थियो । सोही बीचमा मुख्यमन्त्री पोखरेलले राजीनामा हुन् । 

प्रदेशसभाको विशेष अधिवेशन अन्तर्गत आजको दोस्रो बैठकमा सभामुख पूर्ण घर्तीले मुख्यमन्त्रीको राजीनामा स्वीकृतसम्बन्धी प्रदेश प्रमुखको पत्र वाचन गरेर सुनाए ।