सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान
खबर एक्सप्रेस
२०७९-०२-२३ ०७:४८ मा प्रकाशित
Total Shares: 451
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले मंगलबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा सभामुख सापकोटाले बिहान साढे १० बजे बस्नेगरी प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका हुन् ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको ११औं अधिवेशनको १७औं बैठक मंगलबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस