काठमाडौं - पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ ।

शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले यती एयरलाइन्सको विमानमार्फत भैरहवा लगेको हो ।

उनलाई शुक्रबार राति भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो ।

संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । उनलाई सोमबार मात्रै अदालतमा पेस गरिने भएको छ।