काठमाडौं - दुग्ध  विकास सं‚थान (डीडीसी)ले उत्पादन गरेको घिउ जापान निर्यात हुन थालेको छ । कोभिड–१९ को  सुरुवातसँगै  निर्यात  हुन  थालेको घिउ  हालसम्म  १७  हजार  लिटर  जापान गइसकेको छ ।

अझै  १५  हजार  लिटरको  अर्डर भएको  डीडीसीका महाप्रबन्धक रुद्रमणि पौडेलले बताए । जापानका व्यापारीले नेपालका व्यापारीसँग सम्पर्क  गरी घिउ लाने गरेको  उनले बताए । जापानका व्यापारीहरू नेपाल आएर डीडीसीको कारखाना अवलोकन  गरी  उत्पादन  प्रक्रिया  तथा गुण‚तर हेरेपछि घिउ लान तयार भएको  डीडीसीका  योजना  तथा  बजार व्यव‚थापन विभाग प्रमुख सञ्जीव झाले बताए ।

खाद्य,  प्रविधि तथा  गुण नियन्त्रण विभागले गुण‚तरको प्रमाणित गरेपछि जापानका  व्यापारी  घिउ  लैजान तयार भएका हुन् । डीडीसीले जापानी व्यापारीको उपस्थितिमा यहाँबाट निर्यात गर्ने व्यापारीसँग सम्झौता गरेको छ । प्रत्येक महिना  चार–पाँच  सय  मेट्रिक टन घिउ लग्ने सम्झौता भएको प्रमुख झाले बताए । 

गोरखापत्र दैनिकबाट