काठमाडौं,एजेन्सी - चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सांघाई सहयोग सङ्गठन (एससीओ)को बैठकलाई सम्बोधन गर्दै निकटका समुदाय बीच  साझा भविष्य निर्माण आग्रह गरेका छन् ।  

राष्ट्रपति सीले सांघाई सहयोग सङ्गठन  मार्फत् विश्वको स्थायी शान्ति र साझा समृद्धिमा ठूलो योगदान दिन जोड दिएका छन् । उनले भिडियो लिंक मार्फत् एससीओको राष्ट्र प्रमुखहरूको परिषद्को २१ औं बैठकलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।