मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न एमालेको ह्विप
खबर एक्सप्रेस
२०७८-०१-०३ ०२:०१ मा प्रकाशित
Total Shares: 277
काठमाडौं, सुर्खेत - नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध विश्वासको मतदान दिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।
नेता यामलाल कँडेलको अध्यक्षतामा शुक्रबार बिहानदेखि बसिरहेको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले पार्टीका सांसदलाई मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री शाहीले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन्। प्रदेश सरकारमा सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन्।
आजै दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस