हामी र हाम्रो कृषिबन
काठमाडौं,राम प्रसाद गौतम - नेपाल एउटा विकासको गतिमा अगाडि बढिरहेको राष्ट्र हो । भौतिक पूर्वाधारको विकासको क्रम न्यून भएता पनि नेपालमा प्रशस्त स्रोत साधन तथा विकासको लागि पर्याप्त अवसरहरु रहेका छन् । त्यसो त नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण राष्ट्र हो । नेपालमा रहेको वनजङ्ल, नदिनाला, उत्कृष्ट हावापानी, कृषि कार्यको लागि उपयूक्त जमिन,यी सबै कुराले नेपाललाई अझ (समृद्धि) धनी बनाउन मदत पुर्याएको छ । हिमालमा रहेको अग्ला हिमश्रृङ्खलाहरु, हरियो मनोरम दृश्यले भरिएको पहाडहरु आफैमा गौरवान्वित रहेको छ । त्यसमाथि पनि तराईको खेतीयोग्य फाँटहरुले नेपालको शोभा र महत्व चौतर्फी ढङ्गबाट बढाएको छ ।
त्यसो त नेपाल जलस्रोतको आधारमा दोस्रो धनी राष्ट्र पनि हो । यहाँ रहेको नदिनाला, तालतलैयोँ खोला सम्पूर्ण स्रोतहरुबाट विद्युत निकाल्ने हो भने नेपालको लागि प्रयोग गरेर त्यसलार्ई अन्य देशको लागि पनि बेचबिखन गर्न सकिने अवस्था रहेको छ । साथै नेपाल एक कृषि प्रधान देश पनि हो । यहाँ कृषिको लागि उपयूक्त जमिन, वातावरण तथा हावापानी समेत कायम रहि आएको छ र यस कृषि क्षेत्रको विकासको लागि भएका जलस्रोतहरुको प्रयोग गरी सिचाँइको आवश्यकता पूरा गर्न सके अझै फाइदा पुग्ने देखिन्छ ।
नेपालमा यति धेरै स्रोत साधन र अवसर हुदाँ पनि त्यो अवसरको उच्चतम प्रयोग गरी लाभ लिन सकिराखेको अवस्था छैन । स्रोत तथा साधनहरु पूर्ण रुपमा खेर गइरहेको अवस्था छ । त्यसलाई उचित ढङ्गबाट प्रयोग गर्नको लागि ठोस रणनीति, आवश्यक प्रविधिको विकास तथा एउटा गहिरो सोच, विचार र चिन्तनको अभाव रहि आएको छ । हो यहि अवस्थाबाट चुकेको छ हाम्रो देशको विकासको क्रियाकलापहरु, किनकी विकास भनेको आफैँमा एक सकारात्मक अनि बलियो शब्द हो । जसले समाजको सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक सम्पूर्ण पक्षलाई समेटेको हुन्छ । हो यिनै पक्षहरुको विकाससँग गाँसिएको हुन्छ, तर नेपालमा यी सबै पक्षहरुको अग्रगामी तथा दिगो विकास हुन सकेको छैन ।
देशको कृषि क्षेत्रको विकास पनि, यस क्षेत्रको विकास भित्र गुणस्तरीय उत्पादन बृहत उत्पादन, स्रोत साधनको उच्चतम तथा उचित प्रयोग, बृहत मुनाफा आदि समावेश भएको हुन्छ, तर झन् विकासको लागि ठूलो सम्भावना बोकेको कृषि क्षेत्र तत्कालिन अवस्थामा धरासायी बन्दै गएको छ । यस क्षेत्रमा हाल सम्र्पूण तहको ध्याँन जान नसक्दा र सबै आ-आफ्नो तर्फबाट लागि पर्न नसक्दा, आर्थिक विकासमा फड्को मार्न सकेको छैन । जसको कारणले देशमा रोजगारीको अवसर समेत सिर्जना हुन सकेको छैन । त्यसो त नेपालमा प्रशस्त मात्रामा उद्योग धन्दा र कलकारखाना छैनन् । त्यसमाथि पनि कमजोर नीति नियम र शासन व्यवस्थाका कारण कुनै पनि क्षेत्रमा प्रभावकारी कार्य सम्पादन हुन सकेको अवस्था छैन । यस अर्थमा पनि देशलाई विकासको गतिमा अगाडी बढाउनको लागि तथा देशमा रोजगारको सिर्जना गर्ने एक मात्र आधार भनेको कृषि हो , जसमा पनि कृषि वनको आवश्यकता छ । मैले यो कृषि वन चौतारी नामक पुस्तक प्रकाशन गर्ने जमर्कोे गरेको छु । तर नेपालमा कृषि क्षेत्रको सोचे जति विकास हुन सकेको अवस्था छैन । जसले गर्दा नेपालको अधिंकाश युवाहरु तथा दक्ष जनशक्तिहरु दिनानुदिन विदेशिने क्रम जारी रहेको छ । पारिवारीक जीवनयापन, भौतिक सुख शयल प्राप्ती र धन सम्पती आर्जन गर्नको लागि विदेशिन बाध्य रहेका छन् । मेहनत र पसिनालार्इँे परदेशमा खर्च गर्न नेपाली युवाहरु बाध्य हुदै आएका छन् । यसरी दक्ष जनशक्ति विदेशिनुले गर्दा देश विकासको गति समेत न्यूुन हुदै गएको छ ।
देशका दक्ष जन शक्तिहरु विदेशिनुका साथै गाँउमा रहेका महिलाहरु सन्तानहरुलाई गुणस्तरीय शिक्षा दिने नाममा शहरतिर बस्ने क्रम पनि बढ्दै आइरहेको छ । ग्रामिण भेगका हरेक ठाँउमा बुढापाकाहरु मात्र बसोबास गर्दै आएको पाइन्छ । जसले गर्दा वृद्धवृद्धाहरुले खेतीपाती तथा कृषि पेशा अबलम्बन गर्न नसक्ने अवस्था कायम रहि आएको छ । यस कारणले पनि ग्रामिण क्षेत्रको अधिंकाश उर्वर भूमीहरु बाँझिँदै जान थालेका छन् । समाजमा विद्यमान रुपमा बढ्दै गएको विकृती बिसङ्गतीहरुले पनि ग्रामिण क्षेत्रमा भएका किशाोर किशोरीहरुलाई गलत बाटोतर्फ धकेलिरहेको अवस्था छ । यस्तो अवस्थामा त झन् कृषि क्षेत्रको सरंक्षण सबद्र्धनको लागि कसले पहल गर्न को लागि पर्ने भन्ने बिषयमा पूर्ण अन्योल कायम हुन थालिसकेको अवस्था छ । कृषियोग्य भूमीहरु बाँझिँदै जाँदा देशको आर्थिक क्षेत्र पनि धरासायी बन्दै गएको छ ।
त्यसो त आजभोलि नेपालमा रासायनिक मल बिषादीको प्रयोगले गर्दा माटोको उर्वरा शक्ति समेत नष्ट हुदै जान थालेको छ । कम लागत तथा कम जनशक्ति प्रयोग गरेर पनि बृहत फाइदा लिन सकिने भएको कारणले पनि आजभोलि रासायानिक मल तथा बिषादीको प्रयोग धेरै गर्न थालिएको हो । यसले छोटो समयकोे लागि उत्पादनमा अल्पकालीन फाइदा पुर्याएपनि दीर्घकालीन रुपमा माटोको उर्वरा शक्ति तथा मानव शरीरमा पनि पूर्णतयाँ असर पार्दछ । यस्ता किसिमको मल बिषादी प्रयोग गरिएको ठाँउमा केही समयको लागि धेरै उत्पादन हुने भएता पनि त्यसले केहि समयपछि माटोको उत्पादकत्व तथा उत्पादन गुणस्तरमा समेत ह्रास आउन थाल्दछ ।
कृषि क्षेत्रमा आजभोलि व्याप्त समस्याकै कुरा गर्ने हो भने पहिलेको तुलनामा ग्रामिण भेगमा पशुपालन पनि न्यून हुँदै गएको पाइन्छ । गाँउघरमा पशुपालनलाई झन्झटिलो पेशाको रुपमा हेर्न थालिएको छ । कृषि र वनलाई एकैसाथ लैजानको लागि तथा कृषि कार्यलाई दिगो रुपमा अगाडी बढाउनको लागि बलियो आधार भनेकै पशुपालन हो । तर जनशक्तिको अभाव तथा फाइदा नहुने पेशाको रुपमा हेर्न थालिएपछि यस पेशााबाट पनि मानिसहरुको चाहाना हराउँदै जान थालेको छ । यसरी पशुपालनको अभावमा गाईवस्तुको मलहरुको उत्पादन न्यून हुन थालेपछि पनि रासायनिक मलको प्रयोगमा वृद्धि आउन थालेको पाइन्छ ।
हिजोका दिनमा गाँउघरमा एकै घरमा सयोँैँ बाख्रावस्तु पालिन्थे भने अहिले कतिपयले पशुपालन गर्दै गर्दैनन् । अनि कतिपयको घरमा १,२ वटा पालिएका हुन्छन् । यसले पनि भोलिको दिनमा कृषि पेशालाई अझ धरासायी बनाउँदै लैजाने स्पष्ट रहेको छ ।
यसका साथै गाँउघरमा परम्परागत बीउ बिजन, खेतीपाती प्रविधि पनि बिस्तारै घट्दै आउन थालेको छ । हिजो धान रोप्दा खेतको आलीमा लगाइने कोसेबालीहरु आज बिस्तारै लोप हुदै जान थालेको पाइन्छ । नेपालमा हाइँब्रिड बीउ बिजनहरुको प्रयोग बढ्दै जान थालेको छ । आजभोलि कृषकहरुले बृहत उत्पादन हुने, छिटो उत्पादन हुने र कम झन्झटिलो तरिकाबाट उत्पादन गर्न सकिने आशामा यस्ता बीउ बीजनहरुको प्रयोग गर्न थालेका छन् । यसले पनि अल्पकालीन रुपमा केहि फाइदा त दिन्छ तर दीर्घकालिन रुपमा हेर्ने हो भने लामो समयसम्म त्यसको उत्पादन गुणस्तर,उत्पादन क्षमता एउटै हुने विज्ञहरुले बताउने गरेका छन् । बृहत उत्पादन हुने, छिटो उत्पादन हुने र कम झन्झटिलो तरिकाबाट उत्पादन गर्न सकिने आशामा यस्ता बीउ बीजनहरुको प्रयोग गर्न थालेका छन् । यसले पनि अल्पकालीन रुपमा केहि फाइदा त दिन्छ तर दीर्घकालीन रुपमा हेर्ने हो भने लामो समयसम्म त्यसको उत्पादन गुणस्तर उत्पादन क्षमता एउटै हुदैन ।
त्यस्तै कृषि क्षेत्रमा नै समावेश भएको अर्को खेती हो, फलफुल खेती हाल नेपालमा व्यवसायिक फलफुल खेतीको अवस्था शुन्यमा पुग्ने अवस्था सिर्जना भएको छ । धेरै प्रजातीका फलफुलहरु उत्पादन गर्न सकिने वातावरण, हावापानी कायम रहेको छ तर त्यसको उचित मुल्याङ्कन, सरंक्षण र वृद्धि विस्तार हुन सकेको छैन । न त फलफुल खेतीको लागि राज्यको तर्फबाट स्पष्ट नीति, नियम,बीउ बीजन, प्रविधि तथा आवश्यक अन्य विभिन्न व्यवस्थाहरु हुन सकेको छैन । आम कृषकहरुमा यस खेती प्रतिको धारणा सकारात्मक पनि रहेको छैन । यस खेती प्रविधिबाट खासै उपलब्धी हासिल गर्न सकिदैन भन्ने मान्यता कायम रही आएको छ । यस अर्थमा पनि नेपालमा फलफुल खेती फस्ट्याँउन सकेको छैन ।
जनसख्ंया वृद्धि तथा मानिसहरुको बढ्दो चापको कारण नेपालको अध्रिंकाश स्रोत साधन तथा प्राकृतिक सम्पदाहरुको गलत प्रयोग हुन थालेको छ । त्यस मध्ये वनजङ्गलहरुको पनि विनाश हुन थालेको पाइन्छ । अस्वभाविक ढङ्गबट वन फडानी तथा वन विनाश हुदै जानाले प्रत्यक्ष रुपमा असर बेहोर्नु पर्ने अवस्था कायम रहेको छ, यसै कारणले विभिन्न ठाँउमा बाढी, पहिरो तथा भूक्षय जस्ता विपद्हरु आइपर्न थालेको छ । त्यसमाथि पनि नेपालको वनजङ्गलहरुमा विभिन्न किसिमको पशुपक्षी तथा जीवजन्तुहरुको बसोबास रहेको छ । हिजोका दिनमा यि सबै कुरामा आपसी सम्बन्ध र जैविक विविधता कायम रही आएको थियो । तर हाल नेपालमा वनजङ्गलको विनाश बस्ती बिस्तार तथा अनावश्यक किसिमबाट पशुपक्षंीहरुको चोरी निकासी हुने क्रम बढ्दै गएको छ । यस कारणले पनि पारिस्थितिक प्रणाली तथा जैविक विविधतामा प्रत्यक्ष रुपमा असर पर्न थालेको पाइन्छ ।
हाल नेपालमा यस्ता किसिमका धेरै समस्याहरु देखा पर्न थालेको छ । यिनै समस्या तथा क्रियाकलापहरुले वातावरणमा अस्वभाविक ढङ्गबाट असर पारिरहेको छ ।
कृषिबन नै किन ?
हाम्रो देश अनुसारको भेष भन्ने भै लामो समयदेखि कृषिमा परम्परागत प्रणाली नै अपनाउदैँ आएका छौ । खेतीपातीले खान, लाउन तथा दैनिक अत्यावश्यक सामाग्रीहरुको जोहो गर्ने खेतीले अपुग भएको हामी सबैमा सर्वविदित नै छ । हाम्रो खेतीलाई परम्परागत प्रणालीलाई छोड्न सकेका पनि छैनाँै । यसो भनिरँहदा मैले यस कृषिवन चौतारीको लेखकले हाम्रो परम्परागत खेतीलाई चटक्कै छोड्नु भनेको होइन । हाम्रो पुर्वजहरुले विकसित गर्दै आएको खेती प्रणाली पनि धेरै राम्रो छ । हामी देख्न सक्छौ,पढ्न सक्छौ । नेपालको जस्तो कृषि प्रणाली अरु कुनै पनि मुलुकमा छैन ।
यसो भन्दा सबै हाम्रो राम्रो पनि भनेको पनि छैनौ । त्यस बेला कुनै पनि औजार विकसित नहुँदा हाम्रो पुर्खाले आविष्कार गरेको हलो, कुटो, कोदालो लगायत हाम्रो परम्परगत औजार नै राम्रो थियो । तर अहिले समय बदलियो युग परिवर्तन भयो, हामीले आफ्नो देशमा औजार विकसित गर्न सकेनौ । बरु देशका पूर्वाधारहरुलाई पठाई रेमिटान्स भित्र्याउन बाध्य भएका छौ । मात्र मैले पाठकलाई स्मरण गराउन यो कृषिवन चौतारीलाई सङ्कलन गर्नै जमर्को गरेका छौ । यो कृषिवन चौतारीमा कृषिका कुरा र वन सम्बन्धमा विद्यमान कुराहरुलाई समावेश गरेका छौ । मैले मेरो २०४९ सालदेखि कृषिवनको झोला बोकेर कृषकको घरघर, समूहसमूह त्यसैगरी राष्ट्रिय वन, सामुदायिक वन लगायत पशुपालन, कृषि, दुःख वेदना र सफलताको कथालाई आधार मानेर मेरो २५ बर्षको अनुभवलाई समावेश गर्ने जमर्को गरी कृषिवन चौतारी पुस्तक तयार पारेको छु ।
तपाई पाठकलाई किन कृषिवन चौतारी नामाकरण गरेको भन्ने प्रश्न उठ्न सक्छ, त्यो स्वभाविक हो । किनकी यस भन्दा अगाडिका मेरा प्रकाशन एग्रोफरेष्टी र कृषिवन नामक पुस्तक नै कृषिवन चौतारीको गुरु हो त्यसबाट पाठकले दिनु भएको सुझाव नै यो पुस्तकको नाम हो । र मैले सकेसम्म मेरो विचार माथि व्यक्त गरेको छु ।
त्यो चित्र आफैँ बोल्छ । कृषिवन चौतारीको बारेमा मेरो पाठकले एउटे पुस्तकबाट सम्पुर्ण जानकारी मिलोस् । जो वास्तवमा कृषकका निम्ति उपयोगी होस् । त्यसैगरी कुषि र वनका बिद्याार्थी तथा प्राविधिकहरुलाई समेत एकै पु्स्तकले कृषि, वन, पशु अति आवश्यकीय जानकारी पुगोस् भन्ने मेरो लक्ष्य हो तैपनि सोचेजस्तो नहुदो रहेछ । मेरो सोच विचार पनि भएको हुन सक्छ । त्यस अर्थमा म बाट यो कृषिवन चोतारी पुस्तकको संकलन सम्पादनले सबै कुरा समेट्न नसकेकोमा म तपाई पाठक समक्ष १० आमैँला जोडेर बिन्ती गर्दछु । यसलाई अध्ययन गरी तपाईको व्यवहारमा लागु गर्नुको साथै मलई समेत सुझाव दिनुहोला भनेर विश्वास लिएको छु । आशा छ मेरो विश्वास हुनेछ ।
अवस्था बोल्न खोजेको छ । नेपालमा युवा विदेश पलायन जग्गाले जमिन बाझाँे हुने गाँउमा काम गर्ने मान्छे नहुने लगाएका बोट बिरुवा नोक्सान हुने बाढी पहिरोको भय हुने जगंली जनावरले नोक्सान पुर्याउने, अन्धाधुन्द विषाधीको प्रयोगले मानव स्वास्थ्यमा पर्याएको नोक्सानी पारिस्थितिक प्रणालीमा भएकोमा लगभग थाहा भएको कुरा समावेश भएको हुन्छ । त्यसैगरी वनको इतिहास कुरा वनको सवल पक्षलाई समावेश गर्न खोजेको छु । पु्र्खाले गर्दै आएका खती हामीले छाडेका छा्रै । त्यसको बारेमा सचेत गराउँदछु । जस्तै कन्दमुलहरु पनि छन् त्यसमा प्रागांरिक खेतीलाई जोड दिन खोजिएको छ ।
नेपालमा हालको कृषिको अवस्था
नेपाल एक कृषि प्रदान देश हो । यहाँका करिब ८० प्रतिशत जनताले कृषि पेशा अबलम्बन गर्दै आएका छन् । तापनि सोचे जस्तो विकास हुन सकेको छैन । यस क्षेत्रको थप स्तरोन्नती हुन सकेको छैन । कृषिमा प्रविधीको विकास हुन नसक्नु तथा उत्पादित वस्तुहरुको लागि बजारीकरणको व्यवस्था नहुनु पनि मुख्य समस्या बन्दै गएको छ । हालको कृषिको अवस्था परम्परागत खेती प्रणाली, निर्वाहमुखी,न्यून उत्पादन,कम गुणस्तरयूक्त उत्पादन, बिषादीयूक्त बालीनालीको उत्पादन, उत्पादित वस्तुको बजारको अभाव, प्रविधिहरुको न्यून विकास अादि रहेका छन् ।
हाम्रो कृषि विकासको चुनौती तथा समस्या र चुनौतीहरु
नेपालमा जनसंख्याको चाप एवमं उर्वर भूमीमा उद्योगहरुको स्थापना दिन प्रतिदिन बढ्दै गइरहेकाले खेती योग्य जमिनको कमी हुँदै गएको छ । यसले गर्दा आशातित उत्पादकत्व बृद्धि हुन नसक्दा उत्पादनले फड्को लिन सकेको छैन । यस परिप्रेक्षमा एकातर्फ बढ्दो जनसख्ंयाको लागि चाहिने खाद्यान्न तरकारी, फलपूmल, रेसा आपूर्तिका लागि कृषि उत्पादन बढाउनु आवश्यक छ र यसका लागि व्यवसायीकरण अपरिहार्य छ भने अर्कोतर्फ व्यवसायीकरणबाट कृषि उत्पादन बृद्धि गर्ने नाममा रासायनिक मल एबंम बिषादीको बढ्दो प्रयोगबाट मानिस लगायत वातावरणीय संरचनामा पर्ने नकारात्मक प्रभावलाई जोगाउनु उत्तिकै आवश्यक छ ।
नेपालमा जमिनको खण्डीकरण बढ्दै जानु र चक्लाबन्दी नहुनु, एकै किसानका स–साना जग्गा धेरै ठाउँमा छरिएर रहनुले ठूलो यान्त्रीकीकरण खेतीतर्फ जान सक्ने अवस्था पनि छैन भने उत्पादन बढाउन सघन बाली प्रणाली अन्तरगत सघन खनजोत बाट भूक्षय बढ्न गइ उत्पादकत्वमा ह्रास हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मल र विषादीको भाउ आकासिँदो छ जसले उत्पादन लागत अत्यधिक बढाएको छ । रासायनिक मल तयार गर्न एकातिर उर्जाको अपुग छ भने अर्कोतिर उत्पादन लागत बढी हुने हुँदा हाम्रो देशले रासायनिक मल कारखाना बनाएर नाइट्रोजन, फस्फोरस र पोटासको आपूर्ति गर्ने संभावना तत्काल गाह्रो देखिन्छ । जसले गर्दा ग्रामीण क्षेत्रमा गरिबी बृद्धि हुँदै गइरहेको छ । हाल आएर यी गरिब कृषकहरु खाद्य सुरक्षा एवंम रोजगारीको लागि शहरतिर बसाइ सरिरहेका छन् । यो जनसंख्याको बृद्धिले शहरमा उपलब्ध श्रोतहरुको वितरणमा बाधा पर्न गइ द्वन्द्वलाई निम्त्याउदैं छ । त्यसैले ग्रामीण कृषकलाई खाद्य सुरक्षाको निमिक्त गाउँमै जीवन निर्वाह हुन सक्ने कृषि उत्पादन प्रणालीको विकास गरी अपनाउन लगाउनु पर्ने भएको छ । यसलाई मध्यनजर गरी उत्पादनलाई सुव्यवस्थित तथा वातावरणलाई संरक्षण गर्न कृषि क्षेत्रको दिगो विकासको लागि नयाँ कार्यशैली अपनाइ व्यवसायिक प्राङ्गारिक खेती अबलम्बन गर्नु आजको माग मात्र नभइ नितान्त आवश्यक भएको छ ।
१.कृषिको लागि उत्कृष्ट वातावरणको व्यवस्था नहुनु,
२.कृषिमा आधुनिकीकरण छैन र परम्परागत खेतीपाती प्रविधि अपनाउदै आउनु ,
३.नयाँ नयाँ प्रविधि तथा मेसिनहरुको वृद्धि विस्तार गर्न नसक्नु
४.राज्यको तर्फबाट उचित नीति नियम नहुनु तथा भएका नीति नियमको पनि कार्यान्वयन नहुनु
५.दक्ष जनशक्ति देशको अधिकांश युवाहरु रोजगारको लागि विदेशिनु
६.कृषकहरुले उत्पादन गरेका वस्तुहरुका लागि उचित बजार तथा बजार मूल्य नहुनु
७.मानिसहरुको कृषि पेशा तर्फको आर्कषण न्यून हुदै जानु ।
(लेखक गौतम नेपाल कृषिबन बीउ बीजन केन्द्रका व्यवस्थापक हुन् । )
फेसबुक पेज Like गर्नुहोस