महिला एसियन कप छनोटबाटै बाहिरियो नेपाल
खबर एक्सप्रेस
९ घण्टा अगाडि
Total Shares: 6
काठमाडौं- टाइब्रेकरमा उज्वेकिस्तानसँग पराजित हुँदै नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी एसियन कप छनोट चरणबाटै बाहिरिएको छ ।
निर्धारित समयमा ३–३ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो।
छनोट खेल अन्तर्गत समूह एफको अन्तिम खेलमा निर्धारित खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो जहाँ नेपाल ४-२ ले पराजित भयो ।
नेपालका लागि गिता राना, सविता रानामगरको प्रहार सफल भयो। कप्तान सावित्रा भण्डारी साम्बा र गोलरक्षक अञ्जना राना मगरको प्रहार विफल भयो।
पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल थप्दै खेललाई बराबरीमा ल्याएको थियो। साम्बाले ह्याट्रिक पूरा गर्दा नेपाल ३–३ को स्थितीमा आएको थियो।
फेसबुक पेज Like गर्नुहोस