उज्वेकिस्तानसँग जितका लागि नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला फूटबल टोलीलाई जीतको शुभकामना दिएका छन् ।
श्रीलङ्काली टोलीलाई जितेर उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धा गर्न तयार नेपाली महिला फूटबल टोलीलाई प्रधानमन्त्री ओलीले शनिबार दिउँसो ‘भर्चुअल’ माध्यमबाट सफलताको शुभकामना दिएका हुन् ।
उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा बुधबार भएको खेलमा नेपालले प्रतिस्पर्धी श्रीलङ्कालाई हराएर उत्कृष्ट प्रदर्शन गरेको थियो ।
भर्चुअल रूपमा नेपालबाट जोडिएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, अखिल नेपाल फूटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई पनि प्रधानमन्त्रीको हौसलाबाट उत्साहित बनेका थिए ।
प्रतिस्पर्धी श्रीलङ्कलाई हराएर उत्कृष्ट प्रदर्शन गरेकोमा हर्षित प्रधानमन्त्री ओलीले आज उज्वेकिस्तानसँग हुने फाइनल खेलमा नेपालले जित्ने विश्वास व्यक्त गरे ।
फेसबुक पेज Like गर्नुहोस