कुलिङ पिरियडमा भएको छेडखानी छानबिन गर्न समिति गठन गर्ने
काठमाडौं - संघीय निजामती विधेयकको कुलिङ अफ पिरियडमा भएको छेडखानीको छानबिन गर्न विशेष संसदीय समिति गठन गर्ने निर्णय भएको छ ।
शनिबार सभामुख निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित विभिन्न दलका प्रमुख सचेतकबीच भएको छलफलले कुलिङ अफ पिरियडमा भएको छेडखानीबारे छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय भएको हो ।
सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुखले विशेष संसदीय समिति गठनको घोषणा गरी अनुमोदन गर्ने बताइएको छ ।
समितिमा कांग्रेस र एमालेबाट २–२ जना तथा माओवादी, रास्वपा र राप्रपाबाट १–१ जना सदस्य रहने र समितिको नेतृत्व कांग्रेसले गर्ने सहमति भएको छ ।
संसद्को नियमावलीको नियम १८० बमोजिम गठन हुने समितिलाई छानबिनका लागि १५ दिनको समय दिइने छ ।
फेसबुक पेज Like गर्नुहोस