काठमाडौं - असार १५ (समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई निर्वाचन क्षेत्रमा पुगेर आफना जनतासंग बढि घुलमिल हुने गर्छन् । उनी प्राय गोरखा पुग्दा जनताकै घरमा खानपान गरी बास बस्ने गर्छन् । त्यहाँका जनताहरुको समस्याहरु बुझने गर्छन् ।तत्कालीन नयाँ शक्ति पार्टी स्थापनमा गरेपछि उनी जनतासंग साक्षात्कार गर्दै आईरहेका छन् । जहाँ उनले गरेका गतिविधीहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गर्छन् । यसैबीच बाबुराम भट्टराईले असार १५ गोरखामा पुगेर मनाएका छन् । गोरखाको पालुंगटार नपा-१ मा पुगेर उनले किसानसंगै हिलोमा काम गरेर हलो जोतेर मनाएका हुन् ।

सफल मल्टीपर्पोज कृषि फर्मको आयोजनामा ले उनकै पुर्ख्यौली थलोमामा कार्यक्रममा उनले राष्ट्रिय धान दिवस मनाएका हुन् । ती क्षणहरुका तस्बिरहरु सार्वजनिक गर्दै कृषिमा आत्मनिर्भर बन्न र स्वदेशमै रोजगार सिर्जना गर्न आग्रह गरेका छन् ।


उनी लेख्छन् “पालुंगटार नपा-१ र सफल मल्टीपर्पोज कृषि फर्मको आयोजनामा पुर्ख्यौली थलोमा रमाइलो राष्ट्रिय धान दिवस मनाइयो १ कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिउँस स्वदेशमै रोजगार सिर्जना गरौं कृषिमा आत्मनिर्भर बनौं”