मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि नखुल्ने, यात्रुहरु प्रभावित
खबर एक्सप्रेस
२०८२-०६-०८ ०८:१२ मा प्रकाशित
Total Shares: 63
काठमाडौं - मुग्लिन–नारायणगढ सडकखण्ड आज दिनभर बन्द हुने भएको छ । हिजो दिउँसोबाट बन्द भएको उक्त सडकखण्ड आज पनि दिनभर बन्द हुने भएको हो ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै हिजो दिउँसो ४ः५० बजेतिर गएको ठूलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द हुन पुगेको छ ।
पहिरो पन्छाउनको लागि आज दिनभरजसो लाग्ने बताइएको छ ।
सडक डिभिजन कार्यालयले उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारीधनी एवं यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । पटकपटक गइरहेको पहिरोका कारण यो सडकखण्ड प्रयोग गर्ने यात्रुले यो वर्ष समस्या झेल्नु परेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस