ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ५ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७९-११-३० ११:२५ मा प्रकाशित
Total Shares: 228
काठमाडौं - सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको बा २ खा ६५९६ नम्बरको बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । २४ जना घाइते भएका छन्।
सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभिरमा बस दुर्घटना हुँदा २ महिला, २ पुरुष र १ बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए । मृतक तथा घाइतेको नाम भने खुलेको छैन।
फेसबुक पेज Like गर्नुहोस