काठमाडौं - सुनका गरगहना चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछाप नगरपालिका–१ घर भएर हाल काठमाडौं बस्दै आएका २३ वर्षीय दीपेश मग्रान्ती रहेका छन् ।
प्रहरीका अनुसार मग्रान्तीले गत २९ भदौमा काठमाडौंस्थित एक घरबाट सुनका गरगहना चोरी गरेका थिए ।
चोरीको सूचना पाएपछि अनुसन्धानमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोही दिन साँझ उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट १३८ ग्रााम बराबरका सुनका गरगहना बरामद भएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

.gif)


