राष्ट्रपति पौडेल तनहुँमा
खबर एक्सप्रेस
२०८०-०९-२० १२:३५ मा प्रकाशित
Total Shares: 78
दमौली - राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आएका छन् । भानु नगरपालिका–७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शत्वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन् ।
राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले स्वागत गरेका छन् ।
राष्ट्रपति पौडेल यसअघि गत असोज ६ गते पनि दमौली सभाहल उद्घाटनका लागि यहाँ आएका थिए ।
फेसबुक पेज Like गर्नुहोस