काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्नेलाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्ने जुम्लाका २४ वर्षीय रतन तिरुवामाथि अभद्र मुद्दामा सात दिनको म्याद थप गरेको प्रहरी स्रोतले बताएको छ ।

राष्ट्रियसभा गृहमा आइतबार भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आयोजना गरेको प्रथम स्मृति सभाको कार्यक्रममा सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार गरेपछि प्रहरीले रतनलाई नियन्त्रणमा लिएको थियो । तर जुत्ताले भने प्रचण्डलाई लागेको थिएन ।