कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, यी हुन् छलफलका एजेन्डा
खबर एक्सप्रेस
२०८२-१०-२४ १२:३७ मा प्रकाशित
Total Shares: 29
काठमाडौं - नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
भोलि बिहान भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको केन्द्रीय कार्यालयका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए।
बैठकमा प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका, पार्टीको सार्वजनिक कार्यक्रम व्यवस्थापन र केन्द्रीय अनुशासन समिति गठनबारे छलफल हुने उनले बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस