सरकार असफल भयो, टिकाइराख्नु जरुरी छैनः सभापति देउवा
              खबर एक्सप्रेस
                            २०७६-०३-१४ ११:०० मा प्रकाशित 
              Total Shares: 860 
              
            
            काठमाडौ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार असफल भएको आरोप लगाएका छन् ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले आज काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले कम्युनिष्ट नेतृत्वको सरकार मुलुक सञ्चालन गर्न असफल भएको आरोप लगाएका हुन ।
उनले जनताले वर्तमान सरकारबाट मुक्ति चाहेकाले जनताले नै सरकार ढाल्ने बताए । सरकारले गरेका सबै काम विवादमा परेको भन्दै उनले सरकारलाई टिकाइराख्न जरुरी नभएको बताए ।
कार्यक्रममा सुनकोशी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा बिशिष्ट योगदान पुर्याउने पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, बालकलाकार आयुष केसीलगायतलाई सम्मान गरिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस