जेनजीका माग पूरा नभएसम्म निर्वाचन असम्भव: सुदन गुरुङ
खबर एक्सप्रेस
२ घण्टा अगाडि
Total Shares: 29
काठमाडौं - जेनजीका प्रतिनिधि सुदन गुरुङले संगठनका मागहरु पूरा नभइकन निर्वाचन सम्भव नभएको बताएका छन् ।
बिहीबार बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रालिले सञ्चालन गर्दै आएको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने क्रममा त्यहाँ पुग्दा उनले यस्तो टिप्पणी गरेका हुन् ।
गुरुङले केही बाहेकका सबै जेनजीहरू एकजुट रहेको भन्दै माग पूरा नभए अर्को आन्दोलन सुरु हुने चेतावनी दिए ।
उनले भने- ‘समग्र हामी जेनजीहरूको टिम एक ठाउँमा छ । एक दुई जना तलमाथि हुनुहुन्छ, उहाँहरुलाई पनि बोलाउँछौँ । माग पूरा नभइकन कसरी चुनाव हुन्छ ?’
उनले गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीका हरेक वार्तामा संलग्न रही माग पूरा हुने आश्वासन दिएको भए पनि व्यवहारमा कुनै प्रगति नभएको आरोप लगाए ।
गुरुङले भने- ‘गृहमन्त्रीज्यू हामीसँग जंगीअड्डा र राष्ट्रपति कार्यालयमा पनि सँगै हुनुहुन्थ्यो । माग पूरा हुन्छ, हुँदैन भन्ने उहाँलाई थाहा थिएन र ? अहिले आएर चुनाव-चुनाव भन्नुहुन्छ, यो त हामीलाई धोका दिनु हो ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस