विदेशबाट एकैदिन ल्याइयो १७ नेपालीको शव, विमानस्थल पुगे भट्टराई
काठमाडौं - वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा ज्यान गुमाएका नेपालीहरूमध्ये १७ जनाको शव आइतवार नेपाल ल्याइएको छ ।
आइतबार मलेसियाबाट १२, कतारबाट २, टर्कीबाट ३ जनाको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको विमानस्थल कार्यालयले जनाएको छ।
मलेसियामा ज्यान गुमाएका महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोर्खाका मेघबहादुर कुँवर र सूर्य विक, भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बाग्लुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्वल भुजेलको शव ल्याइएको हो ।
ज्यान गुमाएकाहरूको शव बुझ्न पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।
उनले शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा आँसु नथामिएको बताएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस