काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञा पुन: लम्ब्याउने निर्णय भएको छ । 

बुधबार बसेको काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । 

अब निषेधाज्ञा पहिलेको भन्दा खुकुलो हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।  उपत्यकामा अब किराना पसल र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न पाइने भएको छ । 

वैशाख १६ बाट जारी  निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय भएको थियो ।

यस्तै, सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय भएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ ।