काठमाडौं - सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ ।

बिहिबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वैरागीलाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो । मुख्यसचिव लोकदर्शन रेग्मीले बिहिबार बिहान  मात्रै पदबाट राजीनामा दिएका थिए । उनको कात्तिक ३ गते कार्यकाल सकिँदै थियो ।

यस्तै, आजको बैठकले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत सिफारिस गरेकाे छ ।