‘प्रचण्डलाई गाली गरेर पाप ढाक्न खोजियो, झलनाथ-माधवलाई गाली गरेर एमालेलाई विभाजित गरिँदैछ’
काठमाडौं - नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई गाली गरेर नेकपा विभाजन गर्न खोजिएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै भुसालले भने, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ ।’
उनले नेपालमा संविधान जारी हुँदा असफल भएका र प्रतिनिधिसभा पुनःस्थापना हुँदा दोस्रो पटक असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा बिघटन गराएर आफूहरूसँग बदला लिन खोजेको आरोप लगाएका छन् ।
‘आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन ।’ उनले भने ।
आत्मसर्पण क्रान्तिप्रति गद्दारी हुने भुसालको भनाई छ । ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।’ भुसालले थपे ।
फेसबुक पेज Like गर्नुहोस