घरेलु मैदानमै डेनमार्कसँग फ्रान्स स्तब्ध
खबर एक्सप्रेस
२०७९-०२-२१ ०८:०७ मा प्रकाशित
Total Shares: 196
काठमाडौं - युइएफए नेसन्स लिगमा विश्व विजेता फ्रान्स पराजित भएको छ । गएराति भएको ए ग्रुप १ को पहिलो राउन्डको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा फ्रान्स डेनमार्कसँग २-१ले स्तब्ध बनेको हो ।
पहिलो हाफ बराबरमा रोकिएको खेलको दोस्रो हाफमा ३ गोल भएको थियो । ५१औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै घरेलु टोली फ्रान्सलाई सुरुवाती अग्रता दिलाए । तर, त्यसपछि ६८औं मिनेटमा एन्ड्रिएस कोर्निलिअसले गोल गर्दै डेनमार्कलाई खेलमा फर्काए । ८८औँ मिनेटमा कोर्निलिअसले व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कलाई २-१काे जित दिलाए ।
योसँगै फ्रान्सको २० खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस