बाबुराम भट्टराई आज भारत जाँदै
खबर एक्सप्रेस
२०७७-११-०९ ०९:५२ मा प्रकाशित
Total Shares: 400
काठमाडौं - पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज भारत जाँदै छन् ।
स्वास्थ्योपचारका लागि भट्टराई आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लागेका हुन् । भट्टराईलाई पेटमा समस्या देखिएको छ ।
काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका भट्टराईलाई अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सिफारिस गरेकाले थप उपचारको लागि दिल्ली जान लागेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस