रामेछापमा बस दुर्घटना हुँदा ९ को मृत्यु, २५ जना घाइते
खबर एक्सप्रेस
२०७९-०३-२१ ११:३२ मा प्रकाशित
Total Shares: 267
काठमाडौं - रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज मंगलबार बिहान बस दुर्घटना हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।
रामेछापबाट काठमाडौं आउँदै बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन् । उनीहरुको उपचारका लागी धुलिखेल ल्याइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस