काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्यमा ९ सय रुपैयाँले वृद्धि भएको हो । महासंघका अनुसार मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँमा रहेको छ ।

यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ रहेको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मूल्य ९३ हजार ७ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

यसअघि सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय प्रतितोलाका दरले कारोबार भएको थियो । आइतबार सामान्य घटेको सुनको मूल्य सोमबार स्थिर रहेको थियो ।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि सोमबार स्थिर रहेको चाँदीको मूल्य आइतबार ११ सय ५० रुपैयाँ प्रतितोलाका दरले कायम भएको थियो ।