काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा पेशीमा चढेपनि सुनुवाई भने हुन सकेन।

सर्वोच्च अदालतले शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी तोकेको थियो। तर, मुद्दा हेर्न नभ्याइने भन्दै सुनुवाई नगरेको हो।

प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस चलिरहेको बेला सो विषयमा ओलीले टिप्पणी गरेको भन्दै मुद्धा दर्ता भएको थियो । 

अधिवक्ता कञ्‍चनकृष्ण न्यौपाने र वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले गत माघ १३ गतेले प्रधानमन्त्री ओलीविरुद्ध अवहेलनाको मुद्धा दर्ता गराएका थिए ।