काठमाडौं, भरतपुर - भरतपुर  अस्पतालको आइसियूमा उपचाररत् कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका अनुसार भरतपुर महानगरपालिका   ७ बस्ने ५५ वर्षीय पुरुषको सोमबार दिउासो १ः२० बजे मृत्यु भएको हो । केही समयदेखि डाइलासिस गरिरहेका उनमा  असोज ४ गते कोरोना संक्रमण देखिएको थियो ।

खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई असोज ७ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। अहिलेसम्म कोरोना संक्रमणबाट चितवनमा १९ जनाको ज्यान गएको छ ।