घट्यो सुनचाँदीको भाउ
खबर एक्सप्रेस
२०७७-१२-२९ १२:२१ मा प्रकाशित
Total Shares: 241
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा ४ सय रुपैयाँले घटेर ८९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ८९ हजार ५० रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस