डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोना खोप दिने
खबर एक्सप्रेस
२०७८-०२-२३ ०८:३४ मा प्रकाशित
Total Shares: 331
काठमाडौं - डेनमार्क सरकारले नेपाललाई एस्ट्राजेनेकाको १४ लाख डोज कोरोनाविरुद्धको खोप दिने भएको छ ।
डेनमार्कले युनिसेफमार्फत् नेपाललाई १४ लाख खोप अनुदानस्वरुप उपलब्ध गराउन लागेको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. भिम सिंह तिंकरीले जानकारी दिए ।
डेनमार्क सरकारले पत्र पठाइसकेको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. तिंकरीले बताए । एस्ट्राजेनेका खोपका लागि युनिसेफलाई स्वास्थ्य सेवा विभागले पत्र पठाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस