मौसमी प्रणालीको प्रभाव नरहेकोले मौसम सफा रहने
खबर एक्सप्रेस
२०८१-११-१९ ०७:१५ मा प्रकाशित
Total Shares: 72
काठमाडौं - आज मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।
नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकोले मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल स्थानीय र पश्चीमी न्यूनचापीय कुनै प्रणालीको प्रभाव छैन ।
देशका पहाडी भू-भागका केही क्षेत्रमा भने आंशिक बदली हुने सम्भावना छ तर वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस