उपत्यकामा जोरबिजोर प्रणालीमा कडाइ
खबर एक्सप्रेस
२०७७-०६-१३ १२:३१ मा प्रकाशित
Total Shares: 300
काठमाडौं - काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीलाई थप कडाइ गरिएको छ ।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार उपत्यकाको मुख्य–मुख्य चोकमा कार्यालय समयमा जाम हुन थालेपछि जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाइएको हो ।
आज बिहानमात्र जोरबिजोर नियम उल्लंघन गरेको आरोपमा ९ सय बढी सवारीसाधन नियन्त्रणमा लिइएको छ । उपत्यकाका विभिन्न चेक प्वाइन्टबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।
नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये सरकारले तोकेको स्वास्थ्य मापदण्ड कायम नगरी चलाइएकालाई सम्झाइबुझाइ गरेर पठाउने र नियम विपरीत चलाउने सवारी साधनलाई भने बेलुका ७ बजेसम्म होल्ड गरेर राखिने महाशाखाले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस