राष्ट्र रक्षाका लागि राजा स्वयम सडकमा उत्रिने तयारीमा छन् : दुर्गा प्रसाईँ
काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजपरिवारका सदस्यहरू राष्ट्रको रक्षाका लागि स्वयम सडकमा उत्रिने दाबी गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईँले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो दाबी गरेका हुन् ।
'राजपरिवारका सदस्यहरू स्वयम् अब राष्ट्रको रक्षा,धर्मको संरक्षण तथा सम्पूर्ण नेपाली नागरिकको हितका लागि सडकमा उत्रने तयारीमा रहनु भएको जानकारी गराउँदै, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही फाल्गुन १६ गतेभित्र काठमाडौँमा उपस्थित भई राष्ट्र लाई युक्रेन हुन बाट जोगाउन हार्दिक आह्वान गर्दछौँ । राष्ट्र,धर्म र नागरिकको सुरक्षा हाम्रो साझा जिम्मेवारी हो। सबैलाई एकजुट भई तन मन बचनले उपस्थित हुन विनम्र अनुरोध छ,' उनले लेखेका छन् ।
प्रसाईँले नेपाललाई युक्रेन जस्तो हुन बाट जोगाउन यही फागुन १६ गतेभित्र सबै सर्वसाधारणलाई काठमाडौंमा उपस्थित हुन आग्रह समेत गरेका छन् । निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपसहित प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको थियो । सोहीआधारमा प्रहरीले प्रसाईंलाई फागुन ४ गते काठमाडौंबाट पक्राउ गरेको थियो । उनी मंगलबार मात्रै रिहा भएका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस