काठमाडौं - नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आज बिहान ११ बजे सिंहदरवारमा बस्ने गरी दलको बैठक बोलाइएको हो ।

कांग्रेसका नेताहरुका अनुसार संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने तयारी छ।

संसदमा प्रतिनिधित्व भएका  रास्वपा, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृत पार्टीले संसदीय दलको नेता चयन गरिसकेका छन्।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको नेता चयन भएर प्रधानमन्त्री बनिसकेका छन् भने एमालेले रामबहादुर थापा बादललाई दलको नेता चुनिसकेको छ। नेकपाले पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र राप्रपामा ज्ञानेन्द्र शाही दलको नेता चयन भएका छन्। 

तर, कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन । कांग्रेस प्रतिनिधिसभाको दोस्रो ठूलो दल हो ।