राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी
खबर एक्सप्रेस
२०७८-०१-२२ ०३:०३ मा प्रकाशित
Total Shares: 427
काठमाडौं - राष्ट्रपति विद्योदेवी भण्डारीले बुधबार थप एक अध्यादेश जारी गरेकी छन्।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम रेल्वे अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषद्लगायतका विभिन्न ७ वटा अध्यादेश जारी गरेकी थिइन् ।
जनकपुर-जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न सरकारको सिफारिसमा उक्त अध्यादेश जारी गरिएको हो।
यसअघि रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्यादेशको मस्यौदा गरेको थियो।
फेसबुक पेज Like गर्नुहोस