काठमाडौं - सरकारले रुकुम पश्चिमको सोतीमा भएको घटनाको छानविन गर्न सचिवस्तरीय छानविन टोली गठन गरेको छ । शनिबार बेलुकी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानविन गर्न टोलीको गठन भएको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिएका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा गृहमन्त्री थापाले सो स्थानमा मल्ल थरकी युवतीलाई लिन गएका युवा र गाउँलेबीचमा भएको झडपमा परी बेपत्ता भएका तीन जना युवाको लाश फेला परेको र अन्यको खोजिका लागि गोताखोर प्रयोग गरिने भन्दै घटनाको छानविनका लागि गृहमन्त्रालयको संयोजकत्वमा समिति गठन गरिएको बताएका हुन् । 

गृहमन्त्री थापाले उक्त घटना चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्ल नेतृत्वमा भएको बताएका छन् । घटनामा संलग्न चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्ल, युवतीका आमा, बुवा र युवती सहित १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए । 

जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना गएका थिए। सोतीमा गाउँले र ती युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका–४ नवराज विक, चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेश बुढाको लाश फेला परेको छ । सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको हो । भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी बेपत्ता छन्।

याे पनि

रुकुम घटनाको निष्पक्ष छानबिन होस् : सांसद विशुन्खे

विवाहको लागि केटीको घर गएका दलित युवालाई मारेर गाउँलेले भेरीमा बगाइदिए, तीन जनाको शव भेटियो