सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुलाई प्रधानन्यायाधीशले गराए शपथ, इजलास पनि तोकियो
खबर एक्सप्रेस
३ घण्टा अगाडि
Total Shares: 5
काठमाडौं-सर्वोच्च अदालतमा नियुक्त तीन जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष पद तथा गोपानीयताको शपथ ग्रहण गरेका हुन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरुलाई न्याय परिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नियुक्त गरेका थिए ।
शपथपछि उनीहरुको आजै इजलास समेत तोकिएको छ ।
फेसबुक पेज Like गर्नुहोस