काठमाडौं - रास्वपाका वरिष्ठ नेता एवम काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को घरमा चोरी भएको छ।

शुक्रबार राजधानीको मण्डिखाटारमा रहेको घरमा अज्ञात समूहले गेटको ग्रिल फुटाएर चोरी गरेको हो ।

शुक्रबार साँझ बालेनको मामा ससुराका छोराले घर पुग्दा चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ।

प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका २/३ वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डिभिआर ९डीभीआर० मेसिन र बाथरुम तथा भान्साका धाराका टुटीहरू समेत चोरेर लगेका छन्।

घटनास्थलको मुचुल्का उठाएर शंकास्पद व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

झापा-५ बाट चुनाव लड्ने तयारीमा रहेका बालेन हाल चुनावी प्रचारका लागि कर्णाली पुगेका छन् भने उनकी पत्नी सविना काफ्ले पनि प्रचारका लागि घर बाहिर छन् ।