खुमलटारमा प्रचण्ड र राजेश हमालबीच भेटवार्ता
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अभिनेता राजेश हमालले भेटवार्ता गरेका छन् । शुक्रबार बिहान अभिनेता हमाल खुमलटारस्थित प्रचण्ड निवास हुन् ।
चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेपछि आकांक्षीहरु शक्ति केन्द्र धाइरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।
तर भेटघाटको समन्वय गरेका संगीतकार चेतन सापकोटाका अनुसार अध्यक्ष प्रचण्ड र हमालबीच समसामयिक देशको राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएको थियो । भेटवार्तामा हमालले प्रचण्डको खुलेर प्रशंसा गरेका छन्। साथै हमालले पछिल्लो समयमा विदेशी चलचित्र, खासगरी भारतीय र दक्षिण भारतीय चलचित्रले नेपाली चलचित्र उद्योगलाई पुर्याइरहेको असरप्रति पनि प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा अध्यक्ष प्रचण्डले हमालको बुझाइमा आफ्नो समर्थन रहेको बताएका थिए । कलाकारहरुको राजनीतिमा प्रवेशलाई जोडेर अध्यक्ष प्रचण्डले अभिनेता हमाललाई आफू राजनीतिमा आउने सम्भावनाबारे पनि प्रश्न गरेका थिए। त्यसमा भने हमालले राष्ट्रिय राजनीतिबाट कोही पर रहन नसक्ने बताएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस