नेपालमा थप एक जना कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ५ पुग्यो
खबर एक्सप्रेस
२०७७-०२-१५ ०३:१० मा प्रकाशित
Total Shares: 294
काठमाडौं - नेपालमा थप एक जना कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार मृत्यु हुनेमा ललितपुर महानगर बुंगमति -२२ का ५६ वर्षिय पुरुष रहेका छन् । बुधबार किष्ट मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
कलेजोसम्बन्धि रोग भएका उनी आईसियूमा उपचाररत थिए । जेठ १२ गते स्वास्थ्यमा समस्या आएपछि उनी किष्ट मेडिकल कलेजमा भर्ना भएका थिए । १२ गते लिएको स्वाबको नमुना परीक्षणमा कोरोना पोजिटिभ आएको थियो ।
योसँगै नेपालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस