नेपाली सेनामा ठूलो संख्यामा भर्ना खुल्यो
खबर एक्सप्रेस
२०८१-१२-२८ १०:५६ मा प्रकाशित
Total Shares: 81
काठमाडौं - नेपाली सेनाले सैन्य पदका लागि भर्ना खुलाएको छ ।
सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै दुई हजार ६ सयभन्दा बढी जनशक्ति माग गरेको हो ।
स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी आवेदन आह्वान गरिएको भन्दै सेनाले तोकिएको भर्ना केन्द्रमा फाराम बुझाउन अनुरोध गरेको छ ।
इच्छुक उम्मेदवारले वैशाख २७ भित्र आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र पनि आवेदन दिन सक्नेछन् ।


.gif)



फेसबुक पेज Like गर्नुहोस