काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

बूढानीलकण्ठमा पुगेर दाहालले देउवालाई भेट गरेका हुन् । मंगलबार दिउँसो देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुगेका थिए।

उनीहरुबीच समसामयिक विषयमा आधाघण्टा कुराकानी भएको देउवाको सचिवालय स्रोतले बताएको छ।